लण्डन । बेलायतबाट प्रसारण हुने नेपाल बाहिरकै एक मात्र सेटलाइट टी.भी नेपाली टेलिभिजनको निर्देशक तथा सम्पादकमा सञ्चारकर्मी कुशल श्रेष्ठ नियुक्त भएका छन् । बेलायतमै बसेर लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय श्रेष्ठलाई नेपाली टेलिभिजनले निर्देशकको जिम्मेबारी दिइएको हो । श्रेष्ठ केही वर्षपहिले पनि नेपाली टेलिभिजनमै सम्पादकको रुपमा कार्यरत थिए ।
भिज्युवल मिडियाको हरेक क्षेत्रमा दखल राख्ने निर्देशक श्रेष्ठलाई टेलिभिजनले सम्पूर्ण कार्यक्रम उत्पादन तथा निर्देशनको जिम्मेवारी दिइएको हो । गत सातादेखि काम शुरु गरेका श्रेष्ठले दर्शकको चाहना अनुसारका कार्यक्रम निर्माणको तयारी भइरहेको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियासँग काम गरी अनुभव संगालेका श्रेष्ठले समाचार तथा मनोरञ्जन दुबै क्षेत्रमा केही नौलो र गुणस्तरीय कार्यक्रमहरुका लागि आफूले प्रयत्न गर्ने बताए । साथै ६० बढी राष्ट्रमा प्रशारण हुने यस टेलिभिजनबाट नेपाली कला संस्कृति जगेर्णा गर्नुका साथै विश्वमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई एकीकृत गर्न सकिने बताए । लण्डनस्थित के.के. मुभिज प्रोडकसनका प्रबन्ध निर्देशकसमेत रहेका श्रेष्ठ एक कुशल भीडीयोग्राफर तथा सम्पादकका रुपमा बेलायतको नेपाली तथा अन्य समुदायमा परिचित छन् ।
प्रतिक्रिया