लागूऔषध सहित एक जना पक्राउ

लागूऔषध सहित एक जना पक्राउ


  • रविन्द्र यादव, नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं ७ ललितपुरस्थित महेशपुर परासी सडक खण्डमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी सहायक निरिक्षक थमन बहादुर ठाडा मगरको कमाण्डमा बिहिबारर बिहान खटिएको प्रहरीटोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागूऔषध सहित रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु. ५२ प ४६४ नं. को स्कुटर रोकी चेकजाँच गर्दा स्कुटरचालक रूपन्देही तिलोत्तमा नगरपालिका वडा नं १ घर भएका ४० वर्षीय रुद्र कार्कीको शरिर खोजतलास गर्दा लागूऔषध खैरो हिरोइन भेटिएको हो ।

कार्कीबारे लागुऔषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।