केशव लम्साल एनआईसी एशिया बैंकको सञ्चालक नियुक्त

केशव लम्साल एनआईसी एशिया बैंकको सञ्चालक नियुक्त


राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको यही कात्तिक २ गते बसेको ५७१औँ बैंठकले सोही दिनदेखि लागू हुने गरी लम्साललाई उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ लिइ पदग्रहण गरेका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लम्साल राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायव प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।