सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना, दुईको मृत्यु दुई जना घाइते

सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना, दुईको मृत्यु दुई जना घाइते


अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाइमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गएराति दुई मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

प्रदेश नं२–०३८प५०३२ नंको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए । यस्तै बा. २५प८८७६ नंको मोटरसाइकलमा सवार सन्धिखर्क-२ आटिकापाटा ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । घाइते दुवैको बुटवलस्थित मर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

अत्यधिक गतिका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।