लिङ्देनको लागि मत माग्दै एमाले अध्यक्ष ओलीले गरे एमालेको बहुमत आउने दाबी

लिङ्देनको लागि मत माग्दै एमाले अध्यक्ष ओलीले गरे एमालेको बहुमत आउने दाबी


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् ।

एमाले र राप्रपाले भद्रपुरमा शुक्रबार आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी (जसपा)सँग संयुक्त सरकार गठन गर्ने बताए ।

झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले एमालेको इज्जतका लागि भए पनि राप्रपाको चुनाव चिह्न हलोमा मतदान गरेर लिङ्देनलाई जिताउनुपर्ने जिकिर गरे ।

नेकपा (एमाले) एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको धारणा राख्दै उनले सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न आग्रह गरे ।

  • photo: rss