अमेरिकी डलरको मूल्यले युरोलाई उछिन्यो

अमेरिकी डलरको मूल्यले युरोलाई उछिन्यो


नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

सार्वजनिक विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरिएको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।