एमालेको घोषणापत्र : पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याइने (पूर्णपाठसहित)

एमालेको घोषणापत्र : पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याइने (पूर्णपाठसहित)


नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा आगामी ५ वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याउने उल्लेख गरिएको छ ।

‘गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि गर्दै आगामी पाँँच वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याइनेछ । पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।

यस्तै, घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँ पुर्‍याउने दाबी गरिएको छ ।

अहिले करिब ४८ खर्ब जीडीपी रहेको भन्दै यसलाई वृद्धि गरेर १०० खर्ब रुपैयाँ पुर्‍याउने एमालेले दाबी गरेको हो ।

‘हालको करिब रु. ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई आगामी पाँच वर्षभित्र रु. १०० खर्ब पुर्‍याउनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।

घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्‍याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्‍याउने दाबी गरिएको छ ।

‘प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पुर्‍याइनेछ । नेपाली अर्थतन्त्रलाई विश्वकै उदीयममान अर्थतन्त्र बनाइनेछ,’ घोषणपत्रमा उल्लेख छ ।

एमालेको घोषणापत्र (पूर्णपाठ)-