महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना


महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरूको लागि ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरू मध्ये भाग्यशाली चार ग्राहकहरूले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । बैंकले यो योजना हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरूलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको हो ।

उक्त बैंकले जनाएअनुसार ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु. एक सय वा सोभन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात गर्दै नेपालीजनको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्गका साथै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।