बिहीबार नेप्से दोहोरो अंकले ओरालो

बिहीबार नेप्से दोहोरो अंकले ओरालो


सेयर बजार परिसूचक बिहीबार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

क वर्गको सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । सेन्सेटिभ इन्डेक्सको ३.५० अंकले घटेर ३९७.४३ विन्दुमा पुगेको हो । साथै, बुद्धबार १८५ कम्पनीको कारोबार भएको छ, जसमा २७ कम्पनीको मूल्य बढ्दा जम्मा १५३ कम्पनीको मूल्य घटेको छ र ५ कम्पनी स्थिर छ । कूल १८५ वटा कम्पनीमा २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार ८३० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार जम्मा २ वटा कम्पनीमा वृद्धि भएको छ भने अन्य कम्पनीहरुमा ओरालो लागेको छ । निर्जीवन बिमा ०.६२ अंकले र जीवन बिमामा १.४ अंकले वृद्धि भएको छ ।

डेभलोप्मेट बैंकमा ४१.५९, होटल तथा पर्यटन २०.९३, बैकिङ ११.३६, फाइनान्समा १९.४५, हाइड्रो पावरमा २७.६५, माइक्रो फाईनान्समा ४७.२३ अन्य कम्पनीहरुमा ओरालो लागेको छ ।

त्यसैगरी, यूनिभर्सल नेपालको सेयर मूल्य ६.६५ र नबिल ब्यालेन्स फण्ड कम्पनी ५.९२ ले बढेको छ । एभरेष्ट बैंकको ४ करोड ३ लाख ५१ हजार बढिको कारोबार भएको छ भने गरीमा विकास बैंकको ३ करोड ६ लाख १८ हजारको कारोबार भएको छ