जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेशको प्रस्ताव

जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेशको प्रस्ताव


जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय शैली परिवर्तन गर्नुपर्ने बताएका छन् । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा उनले संविधान संशोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताए ।

आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि आफ्नो पार्टीले विकास गर्ने उनले बताए । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष यादवले आन्दोलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेको र अब आर्थिक विकास र समृद्धिको आन्दोलनमा जानुपर्ने उल्लेख गर्दै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नुपर्ने धारणा राखे ।

देशको बजेट घाटा जलविद्युतबाट टार्नुपर्ने वा कुनै उपायबाट कम गर्नुपर्ने उनको भनाइ थियो ।