नेपाल ब्रिटेन डटकमबाट दशौं व्यक्ति सम्मानित

नेपाल ब्रिटेन डटकमबाट दशौं व्यक्ति सम्मानित


IMG_6847लण्डन । हिजो आइतबारका दिन, नेपाल ब्रिटेन डटकमले आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । लण्डनको नर्थहलस्थित ब्लु आर्किड रेष्टुरेन्टमा भव्यताका साथ मनाइएको सो अवसरमा खासगरी यो वर्षमा बेलायती नेपाली समाजमा उल्लेखनीय योगदान दिनेहरुमध्येबाट दश जनालाई गत तीन वर्षकै जस्तो गरेर सम्मान गरिएको थियो ।
बेलायतका लागि का.वा. नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा नेपाल ब्रिटेन डटकमको संचालक समितिका अध्यक्ष तिरन्जिवी ढकालले सभापतित्व गरेका थिए भने संचालन सो वेब साइटका प्रमुख सम्पादक चिरन शर्माले गरेका थिए । सन् ०७ बाट संचालनमा आएको नेपाल ब्रिटेन डटकमले प्रवासी नेपालीहरुलाई विभिन्न किसिमका प्रपासी गतिविधिहरु र सूचनाहरुलाई प्रवासी नेपालीहरुबीच सँधैजस्तो गरी भविष्यमा लाने प्रतिवद्धता संचालक समितिको तर्फबाट गरिएको थियो । सोही अवसरमा सो वेबसाइटको लागि सम्पादकमा कुमार राउत र सल्लााहकारमा किशोर नियुक्त गरिएको थियो ।
नेपाल ब्रिटेन डटकमले विगत तीन वर्षबाट बेलायती नेपाली समाजका दश व्यक्तिहरुलाई गर्ने गरेको सम्मानमा यो वर्षको लागि सो वेब साइटले दश जना क्रमशः ज्ञानराज राई, प्रा. सूर्य सुवेदी, काशिराम भण्डारी, डा. जगन्नाथ शर्मा, योगकुमार फगामी, दयानिधि सापकोटा, कृष्ण तिमिल्सिना, मन्जु गुरुंग, मिनप्रसाद गुरुंग र जीवन गुरुंगलाई ‘मिडिया पर्सोनालिटी अफ द इएर’ले सम्मानित गरेको थियो । माथि उल्लेखित दश जनामध्ये प्रा. सूर्य सुवेदी उपस्थित थिएनन् भने वाँकी नौजनालाई प्रमुख अतिथि का.वा. राजदूत क्षेत्रीलगायत वेबसाइटका संचालक समितिका पदाधिकारीहरुले संयुक्त रुपमा सम्मान गरेका थिए ।
नेपाल ब्रिटेन डटकमद्वारा सम्मानित भएका व्यक्तिहरुका बारेमा थप जानकारी तल हेर्न सकिनेछ ।
Rest pictures can be viewed at this album.
[youtube]http://www.youtube.com/watch?v=bGcR2gmcRg8[/youtube]