मनोज गजुरेलले यूकेमा देउसी घन्काउने

मनोज गजुरेलले यूकेमा देउसी घन्काउने


50186706_640लण्डन । नयाँ पुस्ताका सबैभन्दा चर्चित हास्यकलाकार मनोज गजुरेलले यो तिहारमा यूकेको देउसी घन्काउने भएका छन् । प्रवासी नेपाली मन्च बेलायतले यही अक्टोबर २२ मा लन्डनको ह्यरो फुटबल क्लबमा आयोजना गर्न लागेको दशै(तिहार शुभकामना तथा देउसी(भैलो कार्यक्रमका प्रमुख आकर्षण गजुरेलीय प्रस्तुति रहेको कुरा मन्चका अध्यक्ष रामशरण सिखडाले बताएकाछन् । त्यसबाहेक स्थानीय कलाकार सुजन पराजुली र उज्वल भन्डारीको प्रस्तुति पनि धमकेदार हुने बताइएको छ । प्रवासी नेपाली मंचले पहिलो पटक आयोजना गर्न लागेको देउसी भैलोको तयारीका लागि १२ अक्टोबरमा नर्थहोल्डस्थित चौतारी रेस्टुरेन्टमा बसेको बैठकले कार्यक्रमलाई भब्य बनाउन महत्त्वपूर्ण निर्णय भएको कुरा कार्यक्रम सम्योजक रामजी बरालले बताएकाछन् । सो अवसरमा बेलायतस्थित सबै नेपाली संघसंस्था, समाजसेवी, पत्रकारलगायत सबैखुला निमन्त्रणा रहेको जनाइयो । तीन सयभन्दा बढीको उपस्थिति रहने अपेक्षा गरिएको कार्यक्रममा केही ूसप्राइज प्याकेजू समेत रहेको बताइयो ।
-राजकुमार थापा