मिडियावाजी गर्दै उल्टो साइकल यात्री

मिडियावाजी गर्दै उल्टो साइकल यात्री


IMG_1163-599x400लन्डन । विश्व शान्तिको नाममा उल्टो साइकल चलाएका बीरेश दाहाल लगायतको साइकल यात्रीको समुहले बेलायतवासी नेपालीहरुले सहयोग नगरेको मिडियावाजी गरेकोप्रति बेलायतवासी नेपालीहरु रुष्ट भएका छन् । केही अनलाईन तथा ब्लगहरुमा सहयोग नपाएको गुनासो गर्दै उल्टो साइकल यात्री वीरेश दाहाल, बरुण अधिकारी र बजेन्द्र कुमार महराको समूह लण्डमा अलपत्र भन्ने समाचार प्रकाशित भएको थियो । तर साइकलयात्रीहरुको समूह लण्डनको मुटुमा रहेको नोपाली दुतावासमा बसोबास गरिरहेका छन् । यही साइकल यात्रीको समूहलाई गैर आवासीय नेपाली संघ यूकेको काउन्सील बैठकमा करीब पन्ध्र सय पाउण्ड रकम सहयोग गरिएको थियो ।
गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीले आइस ब्याकेट च्यालेञ्ज गरी सो रकम संकलन गरेका थिए ।
अमेरिका जाने तयारीमा रहेका साइकलयात्रीहरुलाई नेपाल ब्रिटेन डटकमको आठौं वार्षिकोत्सवमा सहभागी नेपालीले एकहजार ४८ पाउण्ड संकलन गरी हस्तान्तरण गरिएको थियो । लण्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको अनुरोधमा व्यवसायीहरु कुल आचार्य, महेन्द्र कंडेल लगायतले सहयोग संकलनमा तदारुकता देखाएका थिए । दाहालले सहयोग पाएपछि अब आफूहरुको यात्रा अगाडि बढ्ने जनाउंदै सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।
यसअघि गुल्मी जिल्ला समाज यूकेले एकसय ५१ पाउण्ड, लन्डनस्थित स्किल्स एण्ड केयर नामक च्यारिटी संस्थाले उनीहरुलाई चारसय २२ पाउण्ड सहयोग गरेको थियो । उक्त सहयोग स्किल्स एण्ड केयरका तर्फबाट यादव भण्डारी र विवेक श्रेष्ठले संकलन गरेका थिए ।
सन् २००४ देखि उल्टो साइकल चलाएर ५७ देश घुमिसकेका दाहालले गिनिज वल्र्ड रेडक्तसका लागि लन्डन अफिसमा नाम दर्ता गराइसकेका छन् । विभिन्न च्यारिटी तथा सामाजिक कामहरुमा बेलयतवासी नेपालीहरु सधैं अगाडि छन् ।