आज सेयर बजारमा ओरालो

आज सेयर बजारमा ओरालो


मंगलबार नेप्से परिसुचकमा ०.१३ प्रतिशतले ओरालो लागेको छ । सोमबारको तुलनामा सेयर बजारमा आज कमी आएको छ ।

मंगलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा १ खरब ५ करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै २७४ कम्पनीहरुको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ भने ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थीर रहेको स्थीर रहेको नेप्सेले जनाएको छ ।

त्यस्तै, लाइफ इन्सुरेन्स करपोरेसन ५५.९०, गुरास लघुवित्त वित्तिय संस्था ३४.४० अंकले वृद्धि भएको र शिभम सिमेन्टमा ८ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाको कारोबार भएको र सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।

मंगलबार फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, अन्य १४.१५ र जीवनबीमा ९३.६१ अंकले बढेका छ भने अरु सबै कम्पनीहरुमा ओरालो लागेको नेप्सेले जनाएको छ ।