पत्रकार रौनियारमाथि भएको प्रहरी दुर्व्यवहारको निन्दा

पत्रकार रौनियारमाथि भएको प्रहरी दुर्व्यवहारको निन्दा


दोषीमाथि कानुनी कारवाहीको माग

नेपाल पत्रकार महासंघ धादिङ शाखाका कार्यसमिति सदस्यसमेत रहेका पत्रकार विकास रौनियारमाथि समाचार संकलनका क्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाबाट भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ धादिङ शाखालाई उद्धृत गर्दै महासंघका केन्द्रिय सचिव गोविन्दप्रसाद चौलागाईंद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार कात्तिक २३ गते बुधबार रामनगरस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा पुगेका पत्रकार रौनियारलाई समाचारका लागि तथ्याङ्क र भिजुयल बाइट माग गर्दा प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सापकोटाले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए ।

ुनागरिकलाई सुसूचित र सचेत गराउने कार्यमा जुटेका पत्रकारलाई संविधानले सुनिश्चित गरेको अधिकारको माग गर्दा एउटा जिम्मेवार अधिकारीबाट यस किसिमको व्यवहार हुनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।
महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यो घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारवाही गरेर पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछु, सचिव चौलागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।