फैंज आर्ट्स फेयर सम्पन्न

फैंज आर्ट्स फेयर सम्पन्न


photo 5 (1)

photo 4 (4)

photo 2 (6)

photo 1 (5)लण्डन – फ्रैंज आर्टस फेयर रिजेन्ट्स पार्क लण्डनमा वर्षेनी अक्टुबर महिनामा सम्पन्न हुने गर्दछ । यस वर्षको फ्रैंज आर्टस् फेयर हिजो १४ अक्टुबर २०१४ देखि १८ अक्टुबर २०१४’सम्म सम्पन्न हँुदैछ । वर्षैनी लाखौ कलाप्रेमीहरु यस प्रदर्शनीलाई अत्यन्त चाख मानेर प्रवेश शुल्क तिरेर हेर्न आउछन् । फ्रैंज आर्टस् फेयर एउटा अन्तर्राष्ट्रिय सामसामायिक चित्रकला प्रदर्शनी हो जहाँ संसारभरिका कला सम्बन्धि प्रोजेक्टहरुको लगभग १७० वटा ग्यालारीहरु प्रदर्शित गरिन्छ । साथसाथै विभिन्न कलासम्बन्धि विचारहरुको सम्प्रेषण कार्यक्रम विज्ञहरुद्वारा सञ्चालन गरिन्छ । यस प्रदर्शनीमा विशेषगरि कमिशन प्राप्त प्रोजेक्टहरुलाई समावेश गरिन्छ । फ्रैज पत्रिकाका प्रकाशकहरु क्रमशः आमान्डा शार्प तथा म्याथिउ स्लटओभर मार्फत प्रत्येक वर्ष यो बृहत प्रदर्शनीको आयोजना गर्दाछन् । रिेजेन्ट्स पार्कको एउटा ठुलै स्थान ओगटेर सम्पन्न गरिने यस प्रदर्शनीलाई विभिन्न ब्याङ्क तथा संघसंस्थाहरुले प्रायोजन गर्दै आएका छन् । सन् २००३साल देखि लगातार सम्पन्न हँुदै आएको फ्रैंज आटर््स फेयर अहिले व्यापारिक हिसाबले भन्दा कलाप्रेमीहरुका लागि एक प्रकारको परम्परा र संस्कारको रुप लिईरहेको छ । विश्वभरका कलाप्रेमीहरु, कमिशन प्राप्त कलाका प्रोजेक्टहरु, विभिन्न कलाका विशेषज्ञहरुको तिर्थस्थल मानिने यो प्रदर्शनी कार्यक्रम पाँच दिनसम्म सञ्चालन गरिन्छ । प्रदर्शनीको अन्तिम दिन १८ अक्टुबर २०१४ दिन रहेको छ ।