सातामा तीन दिन पोखराबाट बनारस उडानको तयारीमा बुद्ध एयर

सातामा तीन दिन पोखराबाट बनारस उडानको तयारीमा बुद्ध एयर


बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि साताको तीन दिन बनारस उडान भर्ने बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले आउँदो जनवरीबाट पोखरा विमानस्थल निर्माण सम्पन्न हुने जानकारी प्राप्त भएकाले त्यहाँबाट साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार पोखरा-बनारस-पोखरा उडान गर्ने जानकारी एक विज्ञप्तिमार्फत् दिएको हो ।

पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने बुद्ध एयरले जनाएको छ ।

‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा-दिल्ली-पोखरा प्रत्येक दिन दुई उडान र पोखरा-देहरादुन-पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रकृया यथाशीघ्र अगाडि बढाइने छ,’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।