‘निर्वाचनपछि एमाले नेतृत्वको सरकार, एक महिनाभित्र नागरिकता समस्या समाधान’ : अध्यक्ष ओली

‘निर्वाचनपछि एमाले नेतृत्वको सरकार, एक महिनाभित्र नागरिकता समस्या समाधान’ : अध्यक्ष ओली


  • तस्बिर : रासस

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

सुनसरीको कोसी गाउँपालिका-१ स्थित लौकहीमा बुधबार निर्वाचन क्षेत्र नं ४ को नेकपा एमाले र जसपाको संयुक्त चुनावी आमसभा कार्यक्रममा उनले लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने बताए । देशको विकासको मिसन र भिजन एमालेसँग मात्रै भएकाले विकास र समृद्धिका पक्षमा जनताले मतदान गर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग मात्रै रहेकाले मतदाताले एमालेलाई जिताउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने उल्लेख गर्नुभयो ।

निर्वाचनपछि एमाले नेतृत्व सरकार बन्ने र आफूहरुको सरकारले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने प्रतिबद्धता अध्यक्ष ओलीले जनाए । उनले अङ्गीकृत र जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने प्रष्ट्याए ।