आजको पञ्चाङ्ग एवम् राशिफल (२ मङ्सिर २०७९ शुक्रबार, १८ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ मङ्सिर २०७९ शुक्रबार, १८ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष २ गते शुक्रबार तद्अनुसार सन् २०२२ नोभेम्बर १८ तारिख मार्गशीर्ष कृष्ण पक्षको दशमी तिथि पूर्वाफाल्गुणी नक्षत्र वैधृति योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:२८ मा र सूर्यास्त साँझ १७:९ बजे हुनेछ । गुह्येश्वरी जात्रा ।

आजको राशिफल

मेष – आजको दिन लाभ हुने काम प्रारम्भ गर्नु बेस हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । प्रेमभाव वृद्धि र रसरागमा आकर्षण बढ्नेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – दौडधुप बढ्ने र पुराना समस्याले सताउने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउने यो पनि परेको छ । बोलीको प्रभाव बढ्नेछ। रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – पराक्रम बढ्नेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । योजनाहरू गोप्य राख्न सके लाभ वृद्धि होला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । सन्तानबाट सुख प्राप्त होला । प्रयासरत काम बन्नेछ ।

कर्कट – दीर्घकालसम्म लाभ हुने काम शुरु गर्ने समय छ, प्रयास गर्नुहोला । आज गरिएको लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन् । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आरोग्य वृद्धि हुनेछ । ऋण र शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिने , ख्याल राख्नुहोला । आर्जित धन तत्काल खर्च हुन सक्छ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – लगानी बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ, तर आज काम बिग्रने डरले सताइरहनेछ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्छ । बेसुरमा वचन दिने बानीले दु:ख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आय वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । टाढाको यात्राको पनि योग रहेको छ । दिन रमाइलैसंग वित्नेछ ।

वृश्चिक – शुभता बढ्नेछ । अरूको फाइदाका लागि उपयोग भइने योग पनि छ । आज मसलाजन्य खानाबाट एकदमै सावधान रहनुहोला, रोग निम्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – सौभाग्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । दैनिक काममा सफलता मिल्नेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ ।

मकर – भागदौड बढ्नेछ । आफन्तको साथ मिल्नेछ । बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्‍याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

कुम्भ – आरोग्यता बढ्नेछ । आज धन आर्जनको योग छ । प्रयासरत काम बन्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – आज काममा अरूले बाधा पुर्‍याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । नजिकका सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।