मतदान प्रक्रियाद्वारा ‘स्कुल क्याप्टेन’ चयन

मतदान प्रक्रियाद्वारा ‘स्कुल क्याप्टेन’ चयन


नवलपुर जिल्लाको कावासोतीमा रहेको लर्ड बुद्ध एकेडेमीले विद्यालयमा मतदान प्रक्रियाद्वारा ‘स्कुल क्याप्टेन’ चयन गरेको छ ।

कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गरीआफ्नो क्याप्टेन चयन गरेको विद्यालयका प्रबन्ध निर्देशक रमेश अधिकारीले बताएका छन् ।

शुक्रबार (४ जेठ) सम्पन्न मतदानबाट नितन गुरुङ क्याप्टेनमा चयन भएकी छन् । उनले १०८ मत प्राप्त गरिन् । त्यसैगरी उपविजेताक्रीन्जल थापाले १०५ मत प्राप्त गरे भने आयुषा गुरुङ सहायक क्याप्टेनमा चयन भएको विद्यालयका इन्चार्ज एवम् मतदान अधिकृत युवराज गौतमले जानकारी दिए । सह क्याप्टेन गुरुङ ले १ सय १५ मत प्राप्त गरिन् भने उपविजेता निकेश महतोले ८४ मत प्राप्त गरे ।

मतदान प्रक्रियामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको र उनिहरुलाई निर्वाचनसम्बन्धी अभ्यास समेत गराएको अतिरिक्त क्रियाकलाप प्रमुख विकास थापाले बताए ।

यस्तै, मतदान प्रक्रियाबाट हाउस क्याप्टेन र सहक्याप्टेन समेत चयन गरिएको छ । यसैगरी विद्यालयको बुद्ध वर्ल्ड क्लबको अध्यक्षमा क्रीन्जल थापा चयन भएका छन् । मतदानमा कुल २ सय १४ विद्यार्थी सहभागी भएका थिए ।