वायु सेवा कम्पनीलाई प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू

वायु सेवा कम्पनीलाई प्राधिकरणले भन्यो- उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्नू


उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ ।

केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ ।

यदि उडान अनुमति नलिइ यात्रुलाई टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही गर्ने भएको छ ।

चार्टर उडानको नाममा टिकट बिक्री गरी यात्रुलाई विमानस्थलमा अलपत्र पार्ने काम हुनथालेपछि प्राधिकरणले यो कदम चालेको हो ।