रिसोर्टभित्र यसरी भेटघाट गर्दैछन् प्रधानमन्त्री देउवा !

रिसोर्टभित्र यसरी भेटघाट गर्दैछन् प्रधानमन्त्री देउवा !


  • डम्बर निदाल, डडेल्धुरा

आइतबार अर्थात् ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि ‘स्थिर अवधि’ लागू भइसकेको अवस्थामा यतिबेला नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा छन् । डडेल्धुरास्थित रातो गुराँस रिसोर्टलाई उनले आफ्नो बासस्थल तुल्याएका छन् ।

यसअवधिमा चुनाव प्रचारप्रसारमा नियमत: रोक लागेको छ।

शुक्रबार बिहानैदेखि देउवालाई भेट्न जानेको रिसोर्ट परिसरमा भीड नै लागेको थियो। सुरक्षा घेराभित्र पालैपालो मानिसलाई भित्र पठाइरहेको बेला पत्रकारलाई भने फोटो नखिच्न भनियो ।

त्यसपछि पत्रकारले प्रहरी प्रशासनलाई ‘सुरक्षा थ्रेट’ भएको खबर गरेपछि रिसोर्ट पुगेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी गाडिबाट बाहिर निस्किएनन् ।

डीएसपी मनोहर भट्टले प्रहरीलाई भिड हटाउन निर्देशन दिए । प्रहरीले भिड हटाएपछि रिसोर्ट पुगेकाहरू तितरवितर भएका थिए ।