भक्तपुर २ मा कांग्रेस अगाडि, एमाले दोस्रो स्थानमा

भक्तपुर २ मा कांग्रेस अगाडि, एमाले दोस्रो स्थानमा


गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

भक्तपुर क्षेत्र नं. २ अन्तगर्तको कटुन्जे-५, कौशलटार-३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५० राप्रपाले २३२ मत प्राप्त गरेका छन् । भक्तपुर-२ मा यसअघि एमालेका महेश बस्नेत विजयी भएका थिए भने यसपटक नेपाली कांग्रेसका दुर्लभ थापाको सम्भावना प्रवल देखिएको छ ।

उता मुस्ताङमा पनि नेपाली कांग्रेसले १०६७ मतसहित अग्रता लिएको छ भने ८ सय ७ मतसहित नेकपा एमालेले पछयाउन सुरु गरेको छ ।

उक्त हिमाली जिल्लामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १२ मत प्राप्त गरेको छ भने ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।