बाँकेमा राप्रपाका डा. धवलशम्शेर विजयी

बाँकेमा राप्रपाका डा. धवलशम्शेर विजयी


बाँके २ मा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा विजयी बनेका छन् । एमाले-राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरे । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो भए ।

नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख भएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो । क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए ।