तनहुँ १ बाट रामचन्द्र पौडेल विजयी

तनहुँ १ बाट रामचन्द्र पौडेल विजयी


तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिएका छन् ।

आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय २५ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार आठ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदातामा ६६ हजार पाँच सय ८४ मत खसेको थियो । ६२ हजार पाँच सय ८४ मत सदर भएको र चार हजार मत बदर भएको जनाइएको छ ।