एमालेका उम्मेदवार केसीद्वारा सात मतले मिश्रा पराजित

एमालेका उम्मेदवार केसीद्वारा सात मतले मिश्रा पराजित


कपिलवस्तु ३ को प्रदेशसभा १ मा एमालेका उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् ।

केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई झिनो मतान्तरले हराएका हुन् ।

एमाले उम्मेदवार केसीले ११ हजार ७३५ मत पाउँदा मिश्राले ११ हजार ७२८ मत पाए ।

०७४ मा पनि तत्कालिन बाम-गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कृष्णप्रसाद पौडेल ५ हजार १७३ मत पाएर तेस्रो भएका छन् ।

सत्ता-गठबन्धनका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार एहसान अहमद खाँले ३ हजार ६२९ मत पाउँदा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार जीवलाल पौडेलले २ हजार ६०८ मत पाएका छन् ।