डडेल्धुरा प्रदेशसभा-२ मा ताराप्रसाद जोशी विजयी

डडेल्धुरा प्रदेशसभा-२ मा ताराप्रसाद जोशी विजयी


डडेल्धुरा प्रदेशसभा-२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन् । उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन् । उनका प्रतिस्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्दी बोहराले १० हजार ६ सय ९० मत पाए ।

०७४ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए । वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए । मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए ।