होम बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा सम्पन्न

होम बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा सम्पन्न


होम बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर (पाटन) को १४औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

सो साधारण सभामा सहकारी संस्थाका उत्कृष्ट दुई जना कर्मचारीलाई पुरस्कृत गरिएको थियो । यस्तै नियमित बचत कर्ता तर्फबाट १ जना, मुद्दती बचतकर्ता १ जना, असल ऋणी ३ जना र गोरखापत्रका सहसम्पादक एवं वरिष्ठ पत्रकार शरदराज सुवेदी, संस्थाका कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता रमिला शाक्यलाई पनि सहकारी संस्थाका अध्यक्ष मुकुन्द महर्जनले सम्मान गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा संस्थाका सचिव सोमनाथ थापाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधिबारे प्रकाश पार्नु भएको थियो ।