यस्तो बन्दैछ विश्वकै गगनचुम्बी आवासीय भवन

यस्तो बन्दैछ विश्वकै गगनचुम्बी आवासीय भवन


दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन बन्ने भएको छ । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन बन्ने सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् ।

युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गर्न लागेका हुन् । दुवै कम्पनीले हालै उक्त गगन चुम्बी संरचनाको डिजाइन अनावरण गरे । अनावरणका क्रममा संसारभरबाट लगभग १२ हजार अतिथिले भ्रमण गरेका थिए ।

४७२ मिटर अग्लो भवनमा १०० तला हुनेछ । हाल विश्वकै अग्लो भवनको रेकर्ड कायम भएको म्यानहटनको ५७औं स्ट्रिटमा रहेको सेन्ट्रल पार्क टावरमा ९८ तला छन् । भवन दुबईको बिजनेस वेको मुटुमा हुनेछ । भवनको माथिल्लो भागमा स्पाइरहरू हुनेछ । भवनभित्र चालक, निजी शेफ, स्वीमिङ पुल र लाउन्ज क्षेत्रको सुविधासहितको विशेष निजी क्लब पनि रहनेछ ।

‘माथिल्लो तलामा निकै विलासी र विशेष पेन्टहाउसहरू निर्माण गरिनेछ । भवन सञ्चालनको मिति भने घोषणा हुन बाँकी छ ।