को राष्ट्रपति ?

को राष्ट्रपति ?


निर्वाचन सम्पन्न भएलगत्तै अबको राष्ट्रपति र प्रधानमन्त्री को बन्लान् भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । प्रचण्डले शेरबहादुर देउवालाई भेटि आफूले प्रधानमन्त्री दाबी गर्ने गणितीय स्थिति नरहेको स्पष्ट गरेपछि गठबन्धनले आफ्ना पक्षमा बहुमत जुटाउन सक्दा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने निश्चित भएको छ । एमालेले आफ्नो पक्षमा बहुमत जुटाउन सके केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पनि निश्चित मानिन्छ ।

राष्ट्रपति पदमा भने धेरैले दाबी गर्ने स्थिति रहेको छ । काङ्ग्रेसका रामचन्द्र पौडेल, लोसपाका महन्थ ठाकुर, समाजबादीका झलनाथ खनाल र माधव नेपाल तथा माओवादीका बाबुराम भट्टराई राष्ट्रपति पदका बलिया दाबेदार मानिएका छन् । भट्टराईलाई ‘भ्याटिकन’ को साथ रहेको बताइन्छ । भ्याटिकन या जो-कसैले दबाब दिए पनि उनलाई राष्ट्रपति बनाउन गठबन्धनका नेताहरु तयार देखिँदैनन् ।

राष्ट्रपतिमा महन्थ ठाकुर या रामचन्द्र पौडेलमध्ये एकको चयन हुने सम्भावना अधिक रहेको छ ।