रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा


रुसी सेनाले युक्रेनस्थित युद्धग्रस्त शहर बाख्मुटनजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको जनाएको छ । उक्त शहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो ।

दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ ।

बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ । खेरसन र खार्किभबाट पछि हटेको हतास रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धि प्राप्त गरेको छ ।

रुसी भाडाका सैनिकहरु र भर्खरै परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ ।