एनआरएनएद्वारा पशुपति वृद्धाश्रममा न्यानो कपडा वितरण

एनआरएनएद्वारा पशुपति वृद्धाश्रममा न्यानो कपडा वितरण


गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ ।

गैरआवासीय नेपाली संघको परोपकारी कार्यअन्तर्गत संघका अध्यक्ष डा. बद्री केसीले समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहेका वृद्धलाई न्यानो कपडा वितरण गरेका हुन् ।

अध्यक्ष केसीले संघले पशुपति क्षेत्रमा एक सुविधा सम्पन्न एक सय सैयाको आधुनिक वृद्धाश्रम निर्माणका लागि प्रयत्नशिल रहेको र जग्गा प्राप्त हुनासाथ निर्माण कार्य अगाडि बढाइने जानकारी दिए ।

कार्यक्रममा ९४ जना वृद्धवृद्धा र १४ कर्मचरीलाई न्यानो कपडा वितरण गरिएको थियो ।