सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो


नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोला ४०० रुपैयाँले बढेको जनाएको छ ।

जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, आइतबार २५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।