चर्चको समारोहमा भाग लिइरहेका उपासकलाई बाढीले बगाउँदा ९ जनाको मृत्यु

चर्चको समारोहमा भाग लिइरहेका उपासकलाई बाढीले बगाउँदा ९ जनाको मृत्यु


दक्षिण अफ्रिकामा एउटा चर्चको समारोहमा भाग लिइरहेका उपासकहरूलाई नदीमा अचानक आएको बाढीले बगाउँदा नौ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् ।

एक्कासी पानीको बहाब बढेपछि ३० भन्दा बढी मण्डलीहरू नदीको चट्टानमा उभिन बाध्य भएका बीबीसीले जनाएको छ । बाढीले बगाउनै लाग्दा चर्चका पादरीले भने रुखको लत्रिएको हाँगामा झुन्डिएर ज्यान जोगाएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएको छ ।

उद्दारकर्ताहरुले जोहेनसवर्गको जुक्सकी नदीमा खोजी कार्य पुन: सुरु गरेका छन् । हराइरहेका व्यक्तिको खोजीमा प्रहरी र अग्नी सेवाका कर्मचारी खटिएका छन् । बाढीमा हराएकामध्ये दुई जनाको शव फेला परेको छ ।

वर्षाको मौसममा दक्षिण अफ्रिकाको यो नदी बाढीका लागि कुख्यात छ ।