पञ्चपुरीमा श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ

पञ्चपुरीमा श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ


सुर्खेतमा आफ्नी श्रीमतीको टाउको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिया मीना आलेको घाँटी रेटेर टाउको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको तीन जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वाथ्य चौकी पछाडिबाट प्रक्राउ गरेको हो ।

उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट १३ जनाको प्रहरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ । घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।