युक्रेनले ‘नयाँ वास्तविकता’ स्वीकार्नुपर्छ : क्रेमलिन

युक्रेनले ‘नयाँ वास्तविकता’ स्वीकार्नुपर्छ : क्रेमलिन


रुसले कब्जा गरेको क्षेत्रलाई कीभले मान्यता दिएन भने युक्रेन द्वन्द्व समाधान गर्न कुनै प्रगति हुन नसक्ने क्रेमलिन (रुस)ले बताएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यस क्रिसमसमा रुसले सेना फिर्ता गर्छ भन्ने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको भनाइलाई गलत साबित गरेका छन् । उनले युक्रेनले धरातलीय यथार्थलाई स्वीकार्नु पर्ने बताएका छन् ।

उनका अनुसार रूसी संघमा थपिएका नयाँ क्षेत्रहरूलाई युक्रेनले स्वीकार्नुपर्ने अन्यथा वार्तामा कुनै प्रगति हुने छैन ।

मस्कोले चार वटा दक्षिणी र पूर्वी युक्रेनी क्षेत्रहरू (डोनेट्स्क, लुगान्स्क, जापोरिझ्झिया र खेर्सन) लाई पूर्ण रूपमा नियन्त्रण नगरे पनि आफ्नो कब्जा गरेको दाबी गरेको छ।

नोभेम्बरमा मस्कोले मुख्य शहर खेरसोनबाट बाहिर निस्के पनि खेरसन क्षेत्रको अधिकांश भागमा नियन्त्रण कायम राखेको छ।

सोमबार जी-७ राष्ट्रहरूलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई ‘आक्रमण’ त्याग्न र यो क्रिसमसमा युक्रेनबाट सेना फिर्ता गर्न आग्रह गरेका थिए । यद्यपि जेलेन्स्कीको सो आग्रहलाई क्रेमलिनले मङ्गलबार अस्वीकार गरेको छ ।

यसैबीच जेलेन्स्कीले युक्रेनका लागि थप हतियार र आर्थिक सहयोग गर्न सहयोगीहरूलाई आह्वान पनि गरेका छन् ।

राष्ट्रपति पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाउँदै र पश्चिमा देशलाई ‘असैनिकीकरण’ गर्नुपर्ने धारणा राकेका थिए ।