टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प

टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प


अमेरिकाको टेक्सासमा ५.७ म्यग्निच्युडको भूकम्प गएको छ । भूकम्प स्थानीय समयअनुसार शुक्रबार साँझ ५:३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पलगत्तै परकम्पन गएको बताइएको छ ।

भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ ।

‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट गरेको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।