१५ सय माछाहरूको घर भनिने बर्लिनको विशाल एक्वैरियम फुट्यो

१५ सय माछाहरूको घर भनिने बर्लिनको विशाल एक्वैरियम फुट्यो


बर्लिनको र्‍याडिसन ब्लुको लबीमा रहेको १० लाख लिटर पानी भएको विशाल एक्वैरियम फुटेको छ । एक्वैरिम फुटेपछि होटल र नजिकैका सडकहरू बाढीमा परेका छन् ।

१५ सय माछाहरूको घर ‘एक्वाडोम’ १५.८५ मिटर उचाई (५३ फिट) अग्लो थियो । त्यसलाई संसारको सबैभन्दा ठूलो बेलनाकार एक्वैरियमको रूपमा वर्णन गरिएको थियो ।

विष्फोटपछि सिसा खसेर दुई जना घाइते भएका छन् ।

घटनास्थलमा अविश्वसनीय क्षति भएको र पोखिएको पानी भएको ठाउँमा धेरै जीवितै माछा फेला परेका प्रहरीले जनाएको छ ।

घटनापछि पाहुनाहरु होटलबाहिर लगिएको थियो । ठूलो परिणाममा माछाहरु मरेका बर्लिनका अग्नि नियन्त्रकका प्रवत्ताले पुष्टि गरेका छन् ।

चर्को आवाज र कम्पनका साथ एक्वैरियम फुटेपछि आफू ब्युँझिएको एक आगन्तुकले बताएका छन् । लबीमा हेर्दा पानी बगिरहेको र अन्य पाहुनाहरूलाई पछि सशस्त्र प्रहरीले होटलबाट बाहिर निकालेको उनले बताएका छन् ।