कोभिड संक्रमण बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु

कोभिड संक्रमण बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु


कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोले सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुने जनाएको छ ।

शून्य–कोभिड रणनीतिप्रति चौतर्फी आक्रोश बढेपछि सरकारले यसै महिनाको सुरुमा प्रतिबन्ध खुकुल्याएको थियो । प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड संक्रमणका घटनाहरु दिनहुँ बढिरहेका छन् ।

प्रतिबन्ध हटाएपछि पहिलो पटक मृत्युको रिपोर्ट समेत आएको छ । शनिबार कोभिडका कारण दुई पूर्वपत्रकारको मृत्यु भएको सार्वजनिक भएको थियो ।

पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआ र चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको कोभिडका कारण मृत्यु भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ ।