अफगानिस्तानमा सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

अफगानिस्तानमा सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु


बग्दादमा आइएसको हमलामा ९ सुरक्षाकर्मी मारिए

अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।

राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ ।

यस्तै, उत्तरी इराकमा भएको बम र बन्दुक आक्रमणमा परी कम्तीमा नौ प्रहरी अधिकारीको मृत्यु भएको छ। राजधानी बगदादबाट करिब २९० किलोमिटर टाढा रहेको किर्कुक शहरनजिकै आइतबार उक्त आक्रमण भएको हो ।

चालाल अल–मातार गाउँ नजिकै प्रहरी बोकेको ट्रकलाई लक्षित गरी आइतबारको आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।

अतिवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । यसअघि बुधबार बग्दादनजिकै तीन इराकी सैनिकको ज्यान जाने गरी सडकको छेउमा बम विष्फोट गराएको थियो ।