ट्वीटरको सीइओबाट मस्कले चाँडै राजीनामा दिने अनुमान

ट्वीटरको सीइओबाट मस्कले चाँडै राजीनामा दिने अनुमान


अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नगर्ने निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण ट्वीट गरेका छन् । उनले नतिजा पालना गर्ने वाचासमेत गरेका छन् । परिणाम चाँडै सार्वजनिक हुने जनाइएको छ ।

मस्कले सीइओको रूपमा केही महिनायता कम्पनीमा केही उथलपुथल गरेका छन् । उनले ट्विटरका हजारौँ कर्मचारीहरूलाई हटाउने र ठूला नीति परिवर्तनहरू गरेका छन् ।

त्यस्तै ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।

ट्विटरको सीइओको रूपमा लामो समयसम्म काम गर्न नचाहेको मस्कले बताएका छन् । उनले हालै आफ्नो अन्य कामहरूलाई बेवास्ता गरेकोमा विशेषगरी टेस्लाका प्रमुख शेयरधारकहरूले आलोचनाको सामना गर्नुपरेको छ ।