सेयर बजारमा सामान्य सुधार, चार अंकको वृद्धि

सेयर बजारमा सामान्य सुधार, चार अंकको वृद्धि


साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो ।

नेप्से परिसूचक ३.८३ अंकले उकालो लागेर १८५८.८९ बिन्दुमा पुगी रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो ।

आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ।

यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। फोरवर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको ५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब ६ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आज १३ वटा उपसुचकहरूमा ४ कम्पनीमा ओरालो लागेको र बाँकी सबै कम्पनीको मूल्यमा वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य इन्डेक्समा करिब २ प्रतिशतले वृद्धि भएको नेप्सेले जानएको छ ।