रिकी क्यापिटलमा आक्रमण मामलामा ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस

रिकी क्यापिटलमा आक्रमण मामलामा ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस


गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।

विद्रोहलाई उक्साउने, आधिकारिक कारवाहीमा अवरोध पुर्‍याउने, अमेरिकी सरकारलाई धोका दिने, षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले सोमबार न्याय मन्त्रालयसँग आग्रह गरेको छ ।

‘समितिले महत्त्वपूर्ण प्रमाणहरू जुटाएको छ कि राष्ट्रपति ट्रम्पले हाम्रो संविधानअन्तर्गत शक्तिको शान्तिपूर्ण संक्रमणमा बाधा पुर्‍याउने उद्देश्य राखेका थिए’, प्रतिनिधि जेमी रस्किनले प्यानलको निष्कर्षलाई उल्लेख गर्दै भनेका छन् ।

‘हामी विश्वास गर्छौं कि आज मेरा सहकर्मीहरूले वर्णन गरेका र हाम्रो सुनुवाइमा जुटाएका प्रमाणहरूले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक सन्दर्भको उचित आधार दिन्छ’, उनको भनाइ छ ।