विद्युत् प्राधिकरणले भारतलाई बेच्यो ११ अर्ब बढीको बिजुली

विद्युत् प्राधिकरणले भारतलाई बेच्यो ११ अर्ब बढीको बिजुली


नेपाल विद्युत् प्राधिकरणले भारतलाई ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ । एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यातबापत उक्त रकम आम्दानी भएको प्राधिकरणले जनाएको छ ।

नेपालमा खपत गरेर बढी भएको विद्युत भारतमा निर्यात गरिएको हो ।

गत जेठ १९ देखि पुस ३ गतेसम्म बिजुली निर्यातमार्फत् उक्त रकम आर्जन भएको हो । प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ कमाएको थियो ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको हो ।