१० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

१० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ


कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुबा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए । हिजो राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनको भनाइ छ ।

बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन् ।