थप तीन जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको सङ्ख्या १८

थप तीन जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको सङ्ख्या १८


छिमेकी मुलुक चीनमा पुन: कोरोना संक्रमण बढेको समाचार सार्वजनिक हुँदै गर्दा नेपालमा भने पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ६६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन जना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या १८ जना पुगेको छ ।