अमेरिकामा बाइडेन र जेलेन्स्कीबीच के विषयमा भयो छलफल ?

अमेरिकामा बाइडेन र जेलेन्स्कीबीच के विषयमा भयो छलफल ?


युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग ‘केवल शान्ति’ भनेको आफ्नो देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नभएको बताएका छन् । आफ्ना छोराछोरी गुमाउने आमाबाबुका लागि त्यो शान्ति हुन नसक्ने उनको तर्क छ ।

अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा देखा पर्दै उनले सो धारणा राखेका हुन् ।

‘मलाई थाहा छैन शान्ति भनेको के हो’, उनले हजारौँको ज्यान लिने, लाखौँलाई विस्थापित गर्ने र शहरहरू ध्वस्त पारेको द्वन्द्व अन्त्य गर्ने उचित उपाय के हो भन्ने प्रश्नको जवाफमा भने, ‘यो एकदमै दार्शनिक वर्णन हो । यदि त्यहाँ न्यायसंगत युद्ध हो भने, मलाई थाहा छैन ।’

उनले अगाडि थपे, ‘राष्ट्रपतिको हैसियतमा मेरो लागि शान्ति भनेको मेरो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रिय अखण्डतामा कुनै सम्झौता हुँदैन।’
आफ्ना छोराछोरी मारिएका आमाबुबाका लागि कसरी न्यायपूर्ण शान्ति हुन सक्छ भन्ने आफूले नदेखेको उनले बताए ।

सो क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले जेलेन्स्कीलाई उनी एक्लै नभएको भन्दै ढाडस दिए । सम्बोधनमा वाइडेनले भने, ‘तपाईं कहिल्यै एक्लै खडा हुनुहुनेछैन ।’ उनले युक्रेनलाई नयाँ मिसाइल प्रतिरक्षा प्रणालीसहित दीर्घकालीन अमेरिकी समर्थनको बाचा दोहोर्‍याए ।

युक्रेनी राष्ट्रपतिले बाइडेन, अमेरिकी कांग्रेस र आम अमेरिकी समर्थनको प्रशंसा गरे।