कुरो बाहुनवाद (प्रवृत्ति)को !

कुरो बाहुनवाद (प्रवृत्ति)को !


  • शेखर ढुङ्गेल

आत्मज्ञान र जिम्मेवारी बोधबिनाको शिक्षा (प्रमाणपत्र)ले अरुलाई मुर्ख बनाउन सक्ने कला, दुष्ट्याईं, धुर्त्याईं एवम् दुर्नियतको कुटिलता मात्र सिकाउने हुन्छ, जसमा लालच, दलाली, प्रशंसाको भोको एवम् अहंकार र आडम्बरप्रति प्रेरित गराउने गर्छ ! हाम्रो समाजको आधुनिक शिक्षाले धार्मिकपन, मानवियता, नैतिकता र त्यागको सोचलाई न्यूनीकरण गरेको देखिन्छ । विगत ९ दशकको देशको ऐनाले देखाएको यथार्थ हो यो, काल्पनिक होइन ।

पङ्क्तिकार जन्मले बाहुन भए पनि कर्मले नरहेको/नभएको गर्वसाथ भन्न सक्छु, अपवादमा कोही पर्नुहुन्छ भने आगो नओकल्नुहोला, बाहुनवादले निम्त्याएको विकृति र विसंगतिको हल्का चर्चा गर्ने धृष्टता यहाँ गरेको छु ।

इतिहास केलाएर हेर्छु र सोच्छु- यदि राष्ट्रनिर्माता पृथ्वीनारायणको दिग्विजय यात्राको समयमा मोहर दिने विसे नगर्चीको सट्टामा बाहुन हुन्थ्यो भने उनलाई हतोत्साहित हुने सल्लाह दिन्थ्यो होला । केही रकम माग्थ्यो होला, अनि अर्कोतिर छिमेकी वा विदेशीलाई उनको यात्राको सूचना बेचेर अर्कोतर्फबाट पनि रकम लिन्थ्यो होला । मैले वर्तमानको बाहुन नेतृत्व र प्रशासकको मनोवृत्ति भोगेर यो भावना बनाएको हुँ, अन्यथा लागे माफ गर्नुहोला । अति भयो पद, सत्ता र सम्पतिको आशक्ति, आडम्बर, अहंकार, बिकार र विसंगति जसको जिम्मेवार यही बाहुन प्रवृत्ति हो । सच्चिनुपर्छ अब, कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने आत्मबल गुमाउनु हुँदैन बाहुन (प्रवृत्ति)हरूले, किन्तु परन्तु तर तथापि जोडेर धुर्त्याइँ वाकपटुता त्यागौँ नेता हौँ भने नेता मात्र बनौँ चोर होइन प्रशासक हौँ भने प्रशासक मात्र बनौँ भ्रष्ट होइन ।

हेर्छु– राणाकालमा बाहुनवाद (आजको जस्तो धुर्त र गैरजिम्मेवार बनाउने शिक्षा) हुन्थ्यो भने सायद नेपाल बेलायतीको हातमा पुग्थ्यो न कि बेलायतीलाई हजारौँ पाउण्ड सहयोग गर्ने क्षमतामा हुन्थ्यो होला ! स्मरण रहोस्, राणाकाल नेपाल युरोपेली देशहरूको बराबरीमा निर्माणपथमा थियो । प्रतिनिधि उदाहरण हेरौँ, तत्कालिन अवस्थामा बनेका भवनहरूमा नै आज सय वर्षपछि पनि नेपालको प्रशासनिक कार्यालयहरू निर्भर छन्, वीरेन्द्र अन्तर्राष्ट्रिय सभा भवनबाहेक । तर यही भवनको नामसमेत बदल्ने काम यही धुर्त बाहुन नेतृत्वको खुराफाती सोचले गर्‍यो । किन जरुरी थियो त्यो ऐतिहासिक भवनको नाम बदल्न ?

हेरौँ त नेपालको इतिहास, ९० को दशकदेखि मकैकाण्ड हुँदै बाहुनहरूले प्रजातन्त्रको नाममा विदेशी माटोमा दल खोले, जब ०७ सालपछि बाहुनहरू (कांग्रेस कम्युनिष्ट पञ्च) राजनैतिक प्रशानिक क्षेत्रमा हाबी भए, देशको अवस्था हमेशा अस्थिर र डामाडोल भयो, अनेक बहानामा विदेशीको हस्तक्षेप गर्ने/गराउने कर्ममा बाहुनहरू प्रेरित रहे, सत्ता पद र सम्पतिको लालचमा देशको अस्तित्व नै दाउमा राख्ने काममा एकपछि अर्को बाहुन प्रतिष्पर्धामा रहेका छन् (राजा महेन्द्रको १०वर्षे प्रत्येक्ष शासनको समय बाहेक), तर देश भने बौद्धिक स्खलनको बाटोमा हिँडिरहेको छ निरन्तर । भलै ‘प्रा.डा.’ लेख्ने बाहुनहरू साउने गोब्रे च्याउझैँ बग्रेल्ती उम्रेका छन्, उनीहरू दुष्ट्याइँ, धुर्त्याइँ, खुराफात, भ्रष्ट, कपटी कुटिलताका कुशल र संवाहक मात्र बने तर मगरको छोरो कमल नयनाचार्य वा ठुले राई स्वामी प्रपन्नाचार्य जस्तो कुनै बाहुन भएनन्, किन होला ?

कुलमान घिसिङ किन कोइ बाहुन बनेनन् विगत कम्तिमा चार दशकमा ? राजनीति र प्रशासनिक क्षेत्रमा बाहुनहरूको दबदबा रह्यो तर भ्रष्टाचार विकृति विसंगतिका कारकतत्व बाहुन भए किन ? पछिल्लो प्रतिनिधि उदाहरण हेरौँ– नैतिकता सिद्धान्त आचरणमा चुक्नेहरू कमल थापा, माधव, प्रचण्ड, ओली, शेरबहादुर आदि इत्यादि कतिको नाम लिनु ?

आज हेर्नुस्, नेपालको इतिहासमा राजालाई विस्थापन गरेपछि सबैभन्दा उच्च स्थानमा बाहुनहरू छन् र अमेरिकी एमसीसीको लागि मरिहत्ते गरिरहेका छन् । फाइदा/बेफाइदाको पाटो अर्को, तर देशलाई यसरि विभाजित गर्नु हुँदैन भन्ने सामान्य चेतनासमेत रहेन त यी बाहुन (प्रवृत्ति)लाई, किन ?

हे बाहुन क्षेत्री खस आर्य ठकुरी ! उठ एकपटक देशको लागि त्याग गर्न साहस देखाउ र कम्तिमा १० वर्ष राजनीतिक प्रशासनिक क्षेत्र छोडिदेउ र, कुनै ब्यवसाय गरेर खाउ । राज्य र प्रशासनको जिम्मा अन्य जातिलाई देउ र ‘बाहुनले देश बिगारे’ भन्ने आरोपबाट उन्मुक्ति लेउ । वा, भोलिदेखि कम्तिमा कालोलाई कालो र सेतोलाई सेतो भन्ने आत्मबलपूर्ण प्रवृत्ति र ब्यवहार देखाउ… ।

बाँकी खुराफाती बाहुनहरूको मर्जी… !!