हिमआँधीले अमेरिकी जनजीविन कष्टकर, दुई दर्जन बढीको मृत्यु

हिमआँधीले अमेरिकी जनजीविन कष्टकर, दुई दर्जन बढीको मृत्यु


अमेरिकामा हिमआँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका शहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् ।

चरम प्रतिकुल मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फसेका बताइएको छ ।

८ राज्यहरूमा मौसम–सम्बन्धित घटनामा २६ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही अमेरिकी मिडियाले ३० जना भन्दाको मृत्यु भएको जनाएका छन् । आँधीसँग सम्बन्धित घटनामा कोलोराडोमा चार जना र पश्चिमी न्युयोर्कमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

हिमआँधीका कारण बफेलो सबैभन्दा बढी प्रभावित भएको सम्बद्ध अधिकारीहरुले जनाएका छन् । बरफ र हिउँले सडक, पुल, घर तथा बाहिर पार्किङ गरेर राखेका गाडीहरु ढाकेका छन् ।

केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार १७ सय उडान रद्द भएका थिए ।