भारतमा निर्मित खोकीको औषधि खाँदा उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु !

भारतमा निर्मित खोकीको औषधि खाँदा उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु !


उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडास्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक–१ म्याक्स सेवन गरेको जनाएको छ ।

सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ ।

बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि बिक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि दाबी गरिएको छ ।

बताइएअनुसार बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनीको वेबसाइट अनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका बिरामीको उपचार गर्न दिइन्छ ।